FAQs Complain Problems

पशु स्वास्थ्य शिविर सम्पन्न

सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा २०७५/१०/१८ र १९ गते सुन्दरबजार नगरपालिका ११ को सिन्दुरेस्थित चण्डी गाउँ र तुर्लुङ गाउँमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखा प्रमुख डा. सुलब चौधरीका अनुसार चण्डीगाउँका १ सय १२ र तुर्लुङका ९१ जना पशुपालक कृषकले आफ्ना पशु चौपायालाई शिविरमा ल्याएका थिए । शिविरमा ल्याएका एक बंगुर र ६ वटा बोकाको बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमखु डा. रुपेश श्रेष्ठका अनुसार शिविरमा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको थियो । गोरुमा जुकाको समस्या देखिएकाले प्रायः सबै गोरुलाई जुकाको औषधी र भिटामिन खुवाइएको उहाँले बताउनुभयो । यस्तै, गोरुको स्वास्थ्य चेकजाँच तथा आन्तरिक परजीविविरुद्ध रोकथामको लागि उपचार गरिएको छ ।

घर पालुवा गाईभैंसी, भेडाबाख्रा, कुखुरालगायतका लागि कृषकलाई औषधी तथा भिटामिन वितरण गरिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाले जनाएको छ । शुक्रबार र शनिबार आयोजित शिविरमा पशुचौपायाको गोबर परीक्षण समेत गरिएको थियो ।