FAQs Complain Problems

मानव बेचबिखन तथा ओसारपसारको बिरुद्धमा सचेतनामूलक “सडक नाटक” सम्पन्न

सुन्दरबजार नगरपालिकाको सहयोगमा लियो क्लब अफ सुन्दरबजार र लमजुङ क्याम्पसका स्वयमंसेवी विद्यार्थीहरुद्वारा “मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सचेतनामूलक बृहत सडक नाटक” भाद्र २० गतेका दिन सम्पन्न भएको छ .
१२ औ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध दिवसको नारा “संघियताको महत्वपूर्ण सार; मनाव बेचबिखन अन्त्यका लागी जिम्मेवार र सहकार्य सहित गरौ खबरदार” लाइ आत्मसात गर्दै सुन्दरबजारको तिन विभिन्न ठाउँ: मिलन चोकमा १1 बजे , खत्रीठाटीमा दिउंसो 2 बजे र सिउडिबारमा बेलुका ४ बजे “सडक नाटक” गरि सचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो ।
मानव बेचबिखनजस्तो जघन्य अपराध बारे सम्पूर्ण नगरवासीलाई सचेत तुल्याउने र यसको रोकथाम र अन्त्यका लागि जागरुक बनाउने मुख्य लक्ष्यका साथ आयोजित सडक नाटकमा प्रमुख प्रशासकिय अधिकृत, श्री प्रेमराज गिरीज्यू, विभिन्न वडाका वडा अध्यक्षहरु, श्री रघुनाथ मिश्रज्यू, श्री कृष्णकान्त अधिकारिज्यू, श्री मोतिप्रासाद गुरुङज्यू, सु.न.पा. का महिला तथा बालबालिका विकास शाखाकी प्रमुख श्री निर्मला पौडेलज्यू लगायत कार्यपालिका सदस्यहरु भवानी के.सीज्यू, बुद्धकुमारी सुबर्णकारज्यू र अन्य वडा सदस्यहरुको को विशेष उपस्थिति रहेको थियो ।
बलिबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरुको आवश्यकता रहेको हुनाले नगरपालिकाले “सडक नाटक” संचालन गरि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो . करिब ६०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सु.न.पा. का प्रमुख प्रशासकिय अधिकृत, श्री प्रेमराज गिरीज्यूले मानवबेचविखन जस्तो अपराधबारे सम्पूर्ण नगरवासी सचेत हुनुका साथै यस्तो अपराधको अन्त्य र पिडितको उद्दारको लागी अग्रसर हुन आग्रह गर्नुभएको थियो ।