FAQs Complain Problems

अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सुन्दरबजार नगरपालिका महिला तथा वालवालिका शाखाद्वारा मिती २०७५/११/१ गतेका दिन जेष्ठ नागरिक सम्बन्धी सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा वालवालिका शाखा प्रमुख श्री निर्मला पौडेलज्यूले संचालन गर्नु भएको यस कार्यक्रममा सुन्दरबजार नगरकार्यपालिका सदस्य एवं सामाजिक विकास विभाग प्रमुख श्री शान्त भुजेलज्यूको अध्यक्षतामा संचालित उक्त अन्तरक्रियात्मक कार्यक्रममा ११ ओटा वडा बाट ३० जना जेष्ठ नागरिकहरुले सहभागिता जनाउनु भएको थियो । उक्त कार्यक्रममा सु.न.पा.का प्रमुख  प्रशासकीय अधिकृत श्री जीवन ज्ञवालीज्यूले जेष्ठ नागरिकको हकहितको लागि नगरपालिका सदैव तयार रहेको र उहाँहरुको सल्लाह-सुझावलाई ध्यानमा राखेर कार्यक्रमहरु अघि बढाइने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष श्री रघुनाथ मिश्रज्यू र वडा न.७ का वडा अध्यक्ष श्री जयराम रेग्मिज्यूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सर्वोदय सेवा आश्रमका अध्यक्ष श्री कृष्ण राज ओलियाज्यूले सहजीकरण गर्नु भएको थियो । सम्पुर्ण जेष्ठ नागरिकहरुको सक्रिय सहभागिताका साथ “नगर-स्तरीय जेष्ठ नागरिक समन्वय समिती” गठन गरि कार्यक्रम समापन गरिएको थियो ।