FAQs Complain Problems

ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ्ग र बिक्रिवितरण तथा क्रसर उद्योग स्थापना र संचालन सम्बन्धमा

सूचना । सूचना ।। सूचना ।।।

ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, ,दहत्तर, बहत्तरको संकलन, उत्खनन् तथा ओसारपसार सम्वन्धमा गण्डकी प्रदेश सरकारबाट जारी भएको ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ्ग र बिक्रिवितरण तथा क्रसर उद्योग स्थापना र संचालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५ को दफा ६ को उपदफा ५ मा ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तरको संकलन तथा उत्खनन कार्य असार १ गते देखि भाद्र १५ गतेसम्म गर्न पाईने छैन भन्ने व्यवस्था भएको हुँदा यस नगर कार्यपालिकाको कार्यालयबाट यो सूचना जारी गरिएको छ । अत : कार्यविधि विपरित अनाधिकृत रुपले सु्न्दरवजार नगरपालिका क्षेत्र भित्र रहेका नदी, खोलाहरुबाट ढुंगा, गिट्टी, बालुवा, माटो र चट्टान उत्खनन् एवं ओसारपसार नगर्नु हुनका लागि सबैको जानकारीका लागि अनुरोध गरिन्छ । यो सूचनालाई अटेर गरी सो गरेको पाईएमा तत्काल ओसारपसार गर्ने सवारी साधन समेत नियन्त्रणमा लिई नियमानुसार कारवाही अगाडी बढाइने व्यहोरा अग्रिम जानकारी गराइन्छ । सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यज्यूहरुले आ–आफ्नो वडाभित्र सो बमोजिम नियन्त्रण कार्यमा सहयोग गर्नुहुन जानकारीका साथ अनुरोध गरिन्छ ।