FAQs Complain Problems

पर्यटकीय गाउ तुर्लुंगकोट

Read More

भोटेओडार

Read More

सुन्दरबजार नगरपालिकाको संक्षिप्त परिचय

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको  लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ (जनगणना २०६८) छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकाेमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धाेषणा भएकाे हाे ।

वडाहरुको विस्तृत विवरण यस प्रकार छ :

Facebook Feed

पदाधिकारी

नगर प्रमुख
९८५६०४७६३१
उप– प्रमुख
९८५६०४७६३२

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०१०१११

Services

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सामाजिक सुरक्षा प्रायोजन: २०० , अन्य प्रायोजन ३००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
  • गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा   )
  • नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
  • नागरिकता प्रमाणपत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु १५०
आवश्यक कागजातहरुः-
  • जन्म दर्ता:
  • मूलीको सूचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
  • मृत्यु दर्ता:
  • मूलीको सूचना फाराम
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
  • विवाह दर्ता
  • पति र पत्नीको  संयुक्त सूचना फाराम
  • पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
  • बसाई सराइ:
  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
  • सम्बन्ध विच्छेद:
  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत

Pages

जानकारी

Google Map